आफन्त नै हिंस्रक बन्दैः रक्सीको नसामा परिवारभित्रैका सदस्यको हत्या

आफन्त नै हिंस्रक बन्दैः रक्सीको नसामा परिवारभित्रैका सदस्यको हत्या

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

दोलखा, ११ जेठ । दोलखाको जिरी नगरपालिका–१ का ङिमा शेर्पाकी पत्नी फुर्लमु डेढ महिनाअघि कामदारसहित गाउँमा नयाँ घर बनाउन जुटेकी थिइन् ।

पति प्रायः मदिरा सेवन गर्ने भएकाले घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो । चैत २७ गते फुर्लमुले काम गर्नेहरूलाई खाजासँगै रक्सी पनि दिइन् ।

रक्सीको नशामा आइपुगेका ङिमाले सो दृश्य देखेपछि पत्नीप्रति शंका गर्न थाले । पतिले पत्नीमाथि नाजायज सम्बन्धको आरोप लगाएपछि उनीहरूबीच सुरु भएको विवादले उग्र रूप लियो ।

ङिमा पत्नीमाथि कुटपिटमा उत्रिए। लगत्तै फुर्लमुले दाउराको चिर्पटले जवाफी हमला गरिन् । भुइँमा ढलेका ङिमाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । फुर्लमु अहिले पुर्पक्ष थुनामा छिन् ।

त्यस्तै गौरीशंकर गाउँपालिकाको झ्याँकु गाउँका छिरिङ शेर्पा र खम्सु शेर्पा दाजुभाइ हुन् । उनीहरू खुब मिल्थे । भाइ खम्सुलाई गाह्रोसाह्रो पर्दा दाजुले नै सहयोग गर्थे ।

भाइ पनि दाजुलाई सुखदुःखमा साथ दिन्थे । भाइ बिस्तारै रक्सीको लतमा फसे । ज्यालादारी काम गर्दै आएका उनले काममा ध्यान दिन छाडे ।

कमाइ कम भएपछि रक्सी पिउन पैसा पुग्न छाड्यो । त्यसपछि उनले छिमेकीको सामान चोर्दै बेच्न थाले । गाउँमा परिवारकै बदनाम हुन थालेपछि छिरिङले खम्सुलाई सम्झाउन थाले ।

रक्सीको नशामा रहेका खम्सुले धारिलो हतियारले हानेर दाजुको हत्या गरे। खम्सु अहिले कारागारमा छन् । यी घटना प्रतिनिधिमूलक घटना र पात्र हुन् ।

यस्ता घटनाले परिवारमा भित्रभित्रै झाँगिँदै गएको अपराध कर्मको वास्तविकता चित्रण गर्छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको मुद्दा शाखामा वर्ष दिनयता दर्ता अपराधका घटनाहरूको फेहरिस्त हेर्दा कर्तव्य ज्यानदेखि, करणी उद्योग हुँदै सार्वजनिक अपराधसम्म गम्भीर प्रकृतिका अधिकांश घटना परिवारभित्रै भएका देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा पेसेवर तथा संगठित अपराधमा कमी आए पनि परिवारभित्र हुने आपराधिक घटना र बेमेल मौलाउँदै गएको छ । -नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ