आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, जेठ १० ।
नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १३ र १४ गते हुने जानकारी गराएको छ ।

भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल र विदेशका गरि २ सय बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ ३५,४०,५०,६० केजी मुनि र ६० केजी माथि प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ४५ केजी मुनी र ४५ केजीमाथि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालाई पदक, शिल्ड, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ