राजधानीमा सिक्री लुटेरा सल्बलाए, डेढ महिनामा नौ घटना

राजधानीमा सिक्री लुटेरा सल्बलाए, डेढ महिनामा नौ घटना

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, जेठ १० । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तान्यो । ‘चोर चोर’ भन्दाभन्दै सिक्री लुटेर भाग्यो ।

सोमबार साँझ मोटरसाइकलमा आएका दुई जना उनको साढे दुई तोलाको सिक्री थुतेर भागे ।

मंगलबार बानियाँटारस्थित जलपा चोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ पनि लुटिइन् । मोटरसाइकलमा आएका दुई जना उनको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे ।

गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री उसैगरी लुटियो ।

चैत दोस्रो सातादेखि डेढ महिनामा उपत्याकामा यस्ता नौ घटना भएका छन् । प्रहरीले अभियुक्तलाई भने पक्राउ गर्न सकेको छैन ।

गर्मी सुरु भएपछि सिक्री लुटेरा सल्बलाउने विश्लेषण प्रहरीको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ