एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, जेठ १० ।
एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।मूलपानी र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबले त्रिवि मैदान कीर्तिपुरमा खेल्नेछन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलको उद्घाटन गर्नुहुनेछ ।
मूलपानी मैदानको पिच लगायतका कुराहरु तयार भएपनि ट्रायल गर्दा एयर लिएकाले त्यहाँका खेलहरु भने १२ गतेदेखि मात्रै सुरु हुनेछन् । मुलपानीको तल्लो मैदान उद्घाटन यसै पीएम कपबाट गर्ने तयारी गरिएको थियो । अब त्यसको उद्घाटन १२ गते युवातथा खेलकुद मन्त्रीले गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले २० लाख जित्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार जित्नेछन् । प्रत्येक खेलका म्यान अफदी म्याचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ