काठमाडौं, ८ जेठ ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का नेता एवं पोलिटब्यूरो सदस्य भरतबहादुर बम ‘रणवीर’को रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको सुनुवाई भोलिका लागि सरेको छ ।
बैशाख २५ गते बाँकेको नेपालगन्ज कोहलपुरबाट गिरफ्तार परेका नेता रणबीरलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहा गर्न माग सहित सर्वोच्चमा दायर रिट निवदेनमाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा बुधबार ल्याइपुर्याइएको थियो । तर रिटका विपक्षी बाँके जिल्ला अदालत लगायतले मिसिल उप्लब्ध गराउन ढिलाई गरेका कारण आज सुनुवाई हुन नसकेको हो ।
उनलाई महानगरीय प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ । उनीमाथि बाँके प्रहरीले विष्फोट, संगठित अपराध र राज्यविरुद्धको कसुर गरेको अभियोग लगाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline