प्रहरी समायोजन विधेयक स्वीकृत, प्रदेश केन्द्रको नियन्त्रण र निर्देशन चल्नेछैनः थापा

प्रहरी समायोजन विधेयक स्वीकृत, प्रदेश केन्द्रको नियन्त्रण र निर्देशन चल्नेछैनः थापा

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, जेठ ८ । प्रहरी समायोजन विधेयक बुधवारको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले बुधबारको बैठकमा सो विधेयक प्रस्तुत् गरेका थिए ।

विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मा, प्रेस सुवाल, मीना पाण्डे र देवेन्द्रराज कँडेलले भाग लिएका थिए ।

छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले मुलुक संघीय व्यवस्थामा प्रवेश गरिसकेकाले शान्ति–सुरक्षाको जिम्मेवारी लिएको प्रहरीलाई थप व्यवस्थित गर्ने ढंगले विधेयक ल्याइएको भन्दै यसले प्रदेशको अधिकारलाई हस्तक्षेप नगर्ने प्रस्ट पारे ।

उनले भने–‘विधेयकले प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको छ, केन्द्रको नियन्त्रण र निर्देशन चल्नेछैन । प्रहरीको सरुवा–बढुवालगायतको काम प्रदेश सरकारले नै गर्नेगरी विधेयकमा व्यवस्था गरिएको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ