सगरमाथाको उचाई नाप्ने टोली सगरमाथा शिखरमा

सगरमाथाको उचाई नाप्ने टोली सगरमाथा शिखरमा

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, जेठ ८ ।
सगरमाथाको उचाई नाप्नका लागि खटाईएको नापी विभागको टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका छन् । विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए ।
टोलीका सदस्य रविन कार्की सहित क्लाईम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले चुचुरोमा पुगेर जीएनएनएस र जीपीएस सेट गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताउनुभयो ।

टोली शिखरबाट फर्केर साउथकोल आईसकेका छन् । बिहीबार सम्ममा आधारशिविर आईपुग्ने पिक प्रमोशनले जनाएको छ । शिखरतर्फ जानु अघि टिम लिडर गौतमले कम्तिमा आधा घण्टा शिखरमै काम गर्नुपर्ने भएकोले राति नै शिखरमा पुग्नुपर्ने चुनौती रहेको बताउनुभएको थियो ।

शिखरमा जीपीएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण बिन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ । टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधारशिविरमा बसेर सहयोग गरिरहेका छन् । शिखरमा पुग्ने बित्तिकै उचाई पत्ता नलाग्ने नापी विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ