सीपीएलका लागि खेलाडी ड्राफ्ट आज

सीपीएलका लागि खेलाडी ड्राफ्ट आज

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, जेठ ८ ।
वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी ड्राफ्ट आज हुँदैछ । आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज साँझ नेपाली समय अनुसार पौने ८ बजे लण्डनमा खेलाडी ड्राफ्ट हुन लागेको हो ।

सीपीएलको ड्राफ्टमा यसपटक चार नेपाली खेलाडी सूचीमा छन् । यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ विदेशी खेलाडीले स्थान बनाएका छन् । नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका छन् ।

सन्दीप दोस्रो पटक ड्राफ्टमा परेका हुन् । सन्दीपले गत सिजन ‘सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स’बाट सीपीएल खेलेका थिए । नेपालका अन्य ३ खेलाडी पहिलो पटक प्रारम्भिक सूचीमा परेका हुन् ।

आज साँझ हुने खेलाडी ड्राफ्टपछि यी चार खेलाडीहरु सीपीएलको कुनै टिममा पर्ने वा नपर्ने भन्ने भाग्य परीक्षा हुनेछ । आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म हुने सीपीएल क्रिकेटको आगामी संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ