प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, जेठ ८ ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो १ बजे पछि बस्ने बैठकबाट सरकारले अघिल्लो अधिवेशनमा प्रस्तुत गरेको तीन सहित ७ वटा विधेयक थप प्रक्रियामा लैजाने तयारी गरेको छ ।

समय अभावका कारण तेस्रो अधिवेशनबाट पारित हुन नसकेका जेष्ठ नागरिक पहिलो संशोधन, नागरिक लगानी कोष दोस्रो संशोधन र विज्ञापन नियमन गर्ने विधेयक चौंथो अधिवेशनको १३ औं बैठकबाट आज अघि बढ्न लागेको हो ।

आजको बैठकमा सम्बन्धित मन्त्रीहरुले ती विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सरकारले गत सोमबार टेबुल गरेका थप चार वटा विधेयक पनि प्रक्रियामा लैजानेछ ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन तथा औद्योगिक व्यवसाय विधेयक टेबुल गर्नुर्भएको थियो ।

ती चारै वटा विधेयकमा सम्बन्धित मन्त्रीले आज विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सबै विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ