प्रधानमन्त्री कप महिला क्रिकेट जेठ अन्तिम साताबाट

प्रधानमन्त्री कप महिला क्रिकेट जेठ अन्तिम साताबाट

  • मङ्लबार, जेष्ठ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

काठमाडौं, जेठ ७ ।
प्रधानमन्त्री कप महिला टी÷ट्वान्टी क्रिकेट प्रतियोगिता यहि जेठ अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ अन्तिम साताबाट कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने जानकारी दिएको हो ।

जेठ २८ गतेबाट सुरु हुने प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ