अन्नपूर्ण म्याराथन जेठ २० गते हुने 

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने 

  • मङ्लबार, जेष्ठ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ७ जेठ ।
दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन जेठको तेस्रो साता हुने भएको छ । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर,वगर, देउराली,हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ,टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।
४२ सय मिटर उचाईबाट सुरु भएर १६ सय उचाईमा समापन हुने म्याराथनको विजेताले १ लाख ५ हजार पुरस्कार पाउने छन् । यस्तै दोस्रोले ७५ , तेस्रोले ५५ प्राप्त गर्ने छन् । त्यस्तै चौंथोले ११, पाँचौंले १०, छैटौंले ९, सातौंले ८, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार पाउने छन् ।

अन्नपूर्ण काठमाडौं समाजको सह आयोजनामा हुने म्याराथन अघि जेठ १७ देखि २० सम्म अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ