काठमाडौं, ७ जेठ ।
२४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले पुनः आफ्नै रेकर्ड तोडेका छन्।
उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरे । यो सँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्।
शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेको आरोहण कम्पनी सेभेन समिटले जनाएको छ । आजको आरोहणसँगै
यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताले २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य समेत राखेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline