अप्टिकल फाइबर विस्तारको काम औपचारीक रुपमा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

अप्टिकल फाइबर विस्तारको काम औपचारीक रुपमा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

  • सोमवार, जेष्ठ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

काठमाडौं, ६ जेठ ।
सरकारले अप्टिकल फाइबर विस्तारको काम सोमबारदेखि औपचारीक रुपमा सुरु गरेको छ । धादिङको गल्छी गाउँपालिका मासटारबाट प्रधानमन्त्री केपी ओलीले उक्त परियोजनाको उद्घाटन गरेका छन्। सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट पनि एकै साथ फाइबर विस्तारको काम सुरु भएको हो।
नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा गरिने अप्टिकल फाइबर विस्तार गरिने छ । प्रधानमन्त्री ओलीले समृद्ध नेपालको यात्रामा नेपालले ठूलो पाइला चालेको बताउदैँ अहिलेको सरकार सूचना प्रविधिमैत्री सरकार भएको र विकासको गतिमा यो सरकारले हरेक दिन एक पाइला चालिरहेको बताए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशका आधाभन्दा बढी जनता इन्टरनेटको पहुँचबाट टाढा भएकाले इन्टरनेटसँगको पहुँचसँग जोड्न ‘ब्याकबोन’ परियोजना सञ्चालन गरिएको बताउदै सूचना प्रविधिले जनताको जीवनस्तर नै परिवर्तन हुने धारणा राखे ।
यस्तै सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच र्पुयाउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ अप्किटल बिछ्याउने परियोजना सुरुवात गरेको भन्दै यो योजना दुई वर्ष्भित्रै पूरा हुने बताए ।
सूचना प्रविधिलाई जोड्न टेलिकमले मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार तीन सय ७६ किलोमिटर फाइबर बिछ्याउनेछ। यसरी बिछ्याइने फाइबर टेलिकमले मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म र्पुयाउने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताएका छन्।

अधिकारीका अनुसार यस परियोजनाका लागि प्राधिकरणले ४ अर्ब ८७ करोड अनुदान रकम उपलब्ध गराउने गरी नेपाल टेलिकमसँग २०७३ असोजमा सम्झौता भएको थियो। यसमा प्रदेश १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गर्नुपर्नेछ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याइनेछ। यसमा कूल २ हजार ३ सय ७६ किलोमिटर फाइबर नेटवर्कले विस्तार हुनेछ। यसका लागि टेलिकमले विभिन्न पाँच कम्पनीसँग सम्झौता गरेको छ।

विभिन्न चरणमा भएको सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स र प्रदेश २ को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फ्युलको ज्वाइन्ट भेन्चरले जिम्मा पाएका छन्। प्रदेश ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)ले गर्नेछ। डीडब्लूडीएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआई र राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता भएको छ।

टेलिकमका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत चियो भञ्ज्याङदेखि आरुघाटसम्म कूल आठ सय चार किलोमिटर तथा उक्त मार्गको उत्तर (दक्षिण क्षेत्रमा एक हजार ५ सय ७२ किलोमिटरको स्पर लिंक गरी कूल दुई हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिनेछ। यसका साथै एक सय जी क्षमताको पूर्वाधार विस्तार गर्ने योजना छ। टेलिकमले लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउनेछ। लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुने टेलिकमले जनाएको छ।
उता टेलिकमले सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटबाट पनि अप्टिकल फाइबर नेटवर्क विस्तारको काम सुरु गरेको छ। यस्तै धनकुटाको हिलेबाट पनि अप्टिकल फाइबर बिछ्याउने कामको सुरुवात भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी