अप्टिकल फाइबर बिच्छ्याउने अभियानको आज औपचारिक सुरुवात

अप्टिकल फाइबर बिच्छ्याउने अभियानको आज औपचारिक सुरुवात

  • सोमवार, जेष्ठ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, जेठ ६ ।
डिजिटल नेपाल बनाउने अभियानअन्तर्गत सरकारले आजबाट अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात गर्दै छ ।

सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश नं. १, २ र ३ अन्तर्गत विभिन्न तीन ठाउँबाट आज एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यसको सुरुवात गर्दै हुनुहुन्छ ।

त्यस्तै, सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आजै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै २ हजार ३७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ ।

यसरी बिच्छ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म पुग्ने टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ