सिजनको अन्तिम खेलमा रियल मड्रिड रियल बेटिससंग २-० गोल अन्तरले पराजित

सिजनको अन्तिम खेलमा रियल मड्रिड रियल बेटिससंग २-० गोल अन्तरले पराजित

  • आइतवार, जेष्ठ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम लिग खेलमा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल मड्रिड रियल बेटिससंग २-० गोल अन्तरले पराजित भएको हो ।

सिजनको अन्तिम खेलमा रियल मड्रिड घरेलु मैदानमै पराजित भएको हो । बेटिसलाई जित दिलाउन लोरेन मोरोन र जेसेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल दुई गोल गर्दै बेटिसले रियललाई स्तब्ध बनाएको हो ।

खेलको ६१ औं मिनेटमा मोरोनले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा जेसेले गोल गर्दै बेटिसलाई २(० को जित दिलाए । यता रियलले घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न सकेन ।

उसका करीम बेन्जिमा, जुनियर भिनिसिस लगायतका खेलाडीले केहि उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न सकेनन् । यो हारसंगै रियलले तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । रियलले ३८ खेलबाट ६८ अंक जोड्यो । बेटिस ५० अंक जोडेर दशौँ स्थानमा रह्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ