काठमाडौं, जेठ ५ ।
सहिद स्मारक ’सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा एफसी एस एस क्लब र सरस्वती स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा समूह ’ए’ मा रहेको एफसी एस एस र सरस्वती भिड्ने भएका हुन् । उद्घाटन खेल मंगलबार अपरान्ह १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यस्तै छनोटको पहिलो दिन हुने दोस्रो खेलमा समूह ’बी’ को आरसी ३२ एएफसी र ललितपुर(४ युनाईटेड एफसीबीच खेल हुनेछ । छनोटको हरेक दिन दुई खेल हुनेछ । छनोट खेल एन्फा कम्प्लेक्स र बुद्धि विकासको खेल मैदानमा हुनेछ ।
’सी’ डिभिजनका लागि ३८ टिमले प्रतिस्पर्धा गर्ने छन् । एन्फाले प्रतियोगितामा सहभागी ३८ टिमलाई १२ समूहमा विभाजन गरेको छ । छनोटबाट शीर्ष तीन क्लब ’सी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline