काठमडौं, जेठ ५ ।
प्रहरीले ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डु र गौशाला वृत्तको विशेष टोलीले आज चाबहिलबाट ३४ लाख ८९ हजार नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अवैध हुन्डी कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको पुष्टि गर्नु भयो ।
उहाँले ती कारोबारी दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको सूचनाका आधारमा सो रकमसहित पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline