ने.क.पा.माथिको प्रतिबन्ध उत्पीडित वर्गविरुद्धः युवा संगठन

ने.क.पा.माथिको प्रतिबन्ध उत्पीडित वर्गविरुद्धः युवा संगठन

  • आइतवार, जेष्ठ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, ५ जेठ

युवा संगठन नेपालले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि सरकारले प्रतिबन्धको घोषणा गरेर उत्पीडित वर्गमाथि थप उत्पीडन थोपरेको बताएको छ ।

आइतबार कास्कीको पोखरास्थित लेखनाथको पटनेरीमा संगठनको कास्की जिल्ला समितिद्वारा आयोजित कोणसभामा बोल्दै युवा संगनठका केन्द्रीय सदस्य कुमारले सरकारले जनताको पूर्णअधिकार र स्वाधीनताको पक्षमा आन्दोलन चलाइरहेका विप्लव ने.क.पामाथि प्रतिबन्ध लगाउने निर्णय गरेर सर्वहारा र उत्पीडित वर्गको हितप्रतिकूल कदम चालेको बताए ।

किसान, श्रमिक, सुकम्बासी निमुख वर्गलाई पूर्णअधिकारबाट वञ्चित गराउने उद्देश्यले ने.क.पा.माथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको प्रतिवाद गर्नुको विकल्प नहेको युवा नेता कुमारको भनाई थियो । प्रतिबन्ध हटाउन सरकासँग उनले माग गरे । कुमार संगठनको गण्डक ब्युरो संयोजक समेत हुन् । प्रतिबन्ध विरुद्ध संगठनले चरणवद्ध आन्दोलन जारी राखेको छ । सोही सिलसिलामा आजको कोणसभा सम्पन्न गरिएको हो । संगठन ने.क.पा.निकट युवाहरुको संगठन हो ।

प्रतिबन्धको नाटक गरेर दलाल, घुसखोर, भ्रष्टचारी, तस्कर र फटाहलाई सरकारले नै उन्मुक्ति दिन खोजेको भन्दै त्यो स्वीकार्य नहुने उनको धारणा थियो ।

कोणसभामा युवा संगठन नेपाल कास्कीकी संयोजक सोममाया बिकलगायतको उस्थिति रहेको थियो । नेतृ विकले प्रतिबन्धको विरोधमा एकजुट युवापंक्तिलाई अपिल गरेकी थिइन् ।

राष्टिय तथा अन्तर्राष्टि दलाल पूँजवादीहरुको इसारामा प्रतिबन्धको घोषणा गरिएको भन्दै यसलाई खारेज नगरिए कडा संघर्षबाट ठेगान लगाउने कोणसभाका वक्ताहरुको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ