अखिल (क्रान्तिकारी)ले भोलि  ५ गतेकाे शैक्षिक हड्ताल फिर्ता लियाे

अखिल (क्रान्तिकारी)ले भोलि  ५ गतेकाे शैक्षिक हड्ताल फिर्ता लियाे

झुठा अभियोगमा बन्दी बनाइएका चार केन्द्रीय सदस्यलगायत सबैलाई तत्काल रिहा गर्न माग

  • शनिबार, जेष्ठ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं, ४ जेठ ।

अखिल (क्रान्तिकारी)ले भोलि जेठ ५ गतेका लागि घोषणा गरेको शैक्षिक हड्ताल फिर्ता लिएको छ । अखिल (क्रान्तिकारी) सरकारले शिक्षालाई नीजिकरण गरेर चरम व्यापार गर्न छुट दिएको भन्दै त्यसलाई खारेज गरेर नागरिकलाई सम्पूर्ण निःशुल्क गर्न माग गर्दै निरन्तर संघर्षरत विद्यार्थी संगठन हो ।

सोही क्रममा गएको बैशाख २७ गते शिक्षा मन्त्रायसँग भएको कार्यान्वयन गराउन र व्यापारीकरण अन्त्य गरी अभिभावकमाथि थोपरिएको चर्को शुल्क अत्याचारको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गर्न एघार वटा विद्यार्थी संगठनहरुले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनबाटै अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई प्रहरीले बल प्रयोग गरी गिफ्तार गरिएको थियो ।

त्यसपछि सोही दिन साँझ अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराईले अध्यक्ष ढकालको बिनासर्त तुरुन्त रिहाईको माग गर्दै एक प्रेस विज्ञप्ति जारी गरी विरोधस्वरुप भोलिका लागि देशैभर शैक्षिक हड्तालको घोषणा गरेका थिए ।
त्यसपछि एघार विद्यार्थी संगठनहरुले अध्यक्ष ढकालको निसर्त तत्काल रिहाइको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका थिए । त्यसपछि विद्यार्थी संगठनहरुले निरन्तर संघर्षका कार्यक्रम संचालन गर्दै आइरहेका थिए । तर विद्यार्थी संगठन र विद्यार्थी संगठनहरुको चर्को विरोधका कारण अध्यक्ष ढकाललाई हिजो शुक्रबार रिहा गरिएको थियो । काठमाडौं जिल्ला अदालतले हिजो मात्र ढकाललाई साधारण तारेख रिहा गर्न आदेश दिएलगत्तै अदालत परिरसरबाटै प्रहरी पुनः गिफ्तार गरी महानगरीय प्रहरी काठमाडौं परिसर टेकुमा पु्रयाइएपनि साँझ रिहा गरेको हो ।

ढकाल रिहा भएपछि आज शनिबार अखिल (क्रान्तिकारी)का उपाध्यक्ष भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरेर शैक्षिक हड्ताल फिर्ता लिएका हुन् । संगठनको आह्वानमा लाखौं विद्यार्थीको संघर्ष दबाबबाट झुकेर सरकार संगठनका अध्यक्ष ढकालको रिहाई भएको भन्दै रिहाईपछि विरोधका कार्यक्रमहरु (शैक्षिक हड्ताल) फिर्ता लिएको उपाध्यक्ष रुद्रले आजको विज्ञप्तिमा उल्लेख गरेका छन् । रिहाईका लागि पहल र सहयोग गर्ने संचारमाध्यम, मानवअधिकारकर्मी, वकिल, नेपाल बार एसोसिएसन बार, ललितपुर बार, बुद्धिजीवि लगायतलाई विज्ञप्तिमार्फत धन्यवाद समेत दिइएको छ ।
अझै पनि अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य पुष्प न्यौपाने, पदम पोख्रेल र केन्द्रीय सदस्य मदन चन्द, अटल पाण्डे, प्रेम शाहीलगायत थुपै्र विद्यार्थी नेताहरुलाई गैरन्यायिक तरिकाले गिरप्तार गरी प्रहरीले हिरासतमा राखी झुठा अभियोगमा मुद्दा चलाएर सरकारले षडयन्त्र गरिरहेको भन्दै सबैलाई तत्काल रिहा गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

रिहाई नगरिए कडा संघर्षको घोषणा गर्न संगठन बाध्य हुने समेत उपाध्यक्ष भट्टराईले विज्ञप्तिमा चेतावनी दिएका छन् । केन्द्रीय सदस्य चन्दलाई बैशाख २७ गते काठमाडौंबाट गिरफ्तार गरिएको थियो । अखिल (क्रान्तिकारी) विप्लव नेृतत्वको ने.क.पा. निकट विद्यार्थी संगठन हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ