गाउँपालिकाका अध्यक्ष गोइतको घरमा प्रेसर कुकर बम विष्फोट

गाउँपालिकाका अध्यक्ष गोइतको घरमा प्रेसर कुकर बम विष्फोट

  • शनिबार, जेष्ठ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

राजविराज, जेठ ४ । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराएको छ ।

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा गए राति बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । बम विष्फोटबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उनका काका श्याम गोइत घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बम विष्फोटबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ