जोकोभिच र नाडाल ईटालियन ओपन टेनिसकाे सेमिफाइनलमा

जोकोभिच र नाडाल ईटालियन ओपन टेनिसकाे सेमिफाइनलमा

  • शनिबार, जेष्ठ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, जेठ ४ । ईटालियन ओपन टेनिसमा शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका स्पेनिस खेलाडी रफायल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अर्जेन्टिनी खेलाडी हुँवा मार्टिन डेल पोत्रोलाई २–१ को सेटले हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् । पहिलो सेटमा ४–६ ले पराजित भएका जोकोभिचले त्यसपछिका सेटमा ७–६ र ६–४ को जित हात पारेका हुन् ।

फाइनल प्रवेशका लागि उनले स्टेफानोस सिट सी पाससँग प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो वरियताका स्वीस रोजर फेडरर चोटका कारण कोर्टमा नउत्रिएपछि सिट सी पासले वाकओभर पाएर सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

त्यसैगरी नाडालले आफ्नै देशका फर्नान्डो भर्डास्कोलाई २–० ले पराजित गरे । उनले ६–४ र ६–० को सहज जित हात पारेका हुन् । ११ औं वरियताका अर्जेन्टिनी डिएगो स्वार्चम्यानले छैटौं वरियताका जापानी केई निसिकोरीलाई सोझो सेटले पाखा लगाए । उनले ६–४ र ६–२ को सहज जित निकाल्दै निसिकोरीको चुनौती पन्छाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ