चन्द्रमामा पनि चकम्प अर्थात भुइँचालो !

चन्द्रमामा पनि चकम्प अर्थात भुइँचालो !

  • बिहिबार, जेष्ठ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्रमामा पनि भुइँचालो जाने जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ।

म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमले जनाएको छ। केही चकम्प ५ रिक्टर स्केलसम्मका पनि छन्।

म्युजियमका वैज्ञानिक टमस वेटर्सका अनुसार चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेका छन्। एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्। यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको भनाइ छ। यस्ता फल्ट भ¥याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन्। यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।

वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए। त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको हो। नासाले पठाएको लुनार स्पेसक्राफ्ट (एलआरओ) ले फल्टबारे सटिक जानकारी पठाउँछ। रिपोर्ट नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी