सीपीएल क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

सीपीएल क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

  • बिहिबार, जेष्ठ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, २ जेठ । क्यारेबियन प्रिमियर लिग(सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि चार नेपाली खेलाडीकाे नाम समावेश भएकाे छ  ।बुधवार सार्वजनिक गरिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउण्डर दिपेन्द्र सिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल परेका हुन् ।

खेलाडी छनौट यही मे २२ तारिखमा लन्डनमा हुनेछ । सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् ।

यस संस्करणको सीपीएल क्रिकेट आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ । नेपालका सन्दिपले गत वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनले टोलीका लागि ५ खेलमा ७ विकेट लिएका थिए । सीपीएलमा ६ टोली सहभागि छन् । खेल वेष्ट इन्डिजमा हुने छ ।
क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ