नेपालमा पहिलाे पटक पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता हुने

नेपालमा पहिलाे पटक पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता हुने

  • बुधबार, जेष्ठ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

काठमाडाैं, १ जेठ । 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ आयोजना गर्ने भएकाे छ ।

औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन लागेको हो ।

उक्त प्रतियोगिताको काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले संयाेजन गरेकेा छ।

प्रतियोगितामा सहभागि हुन सातै प्रदेशहरूमा तोकिएको केन्द्रहरूबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ,  यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् ।महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष प्राथमिकतामा राखिएकाे छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ । सो प्रतियोगिताको विजेतालाई  ‘सेफ अफ द इयर’  घोषणा गरिने छ ।

अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरूमध्ये, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

उक्त अवसरमा नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर देवीप्रसाद दाहाल, प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक विनोद बडाल, परियोजना राष्ट्रिय सल्लाहकार डा. प्रमोदबहादुर श्रेष्ठ,  नेपाल सेफ्स एसोसियनका पूर्वअध्यक्ष वरिष्ठ सेफ गोविन्दनरसिंह केसी र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले प्रतियोगिताका प्रकाश पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी