१ जेठ, काठमाडौं । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिएको छ ।
संसदको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन पनि खानेपानी मन्त्रालयलाई पनि सचेत गराएको छ । समितिले राष्ट्रिय खानेपानी तथा सरसफाइ नीति र सो सम्बन्धी ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन, स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले बताइन् ।
बैठकमा खानेपानी मन्त्री विना मगरलाइ पनि बाेलाइएकाे थियाे । बैठकमा बाेल्दै मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकार्वाहीलाई अघि बढाइएको दावी गरिन् ।