एथलेटिको मड्रिड छाड्ने फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानकाे घोषणा

एथलेटिको मड्रिड छाड्ने फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानकाे घोषणा

  • बुधबार, जेष्ठ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१ जेठ, काठमाडौं । ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि विश्व विजेता फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड क्लब छाड्ने घोषणा गरेका छन् ।

२८ वर्षीय ग्रिजम्यानले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै उनले अरु कुरा हेर्न र अरु चुनौती लिन यो क्लब छाड्न लागेको बताएका छन् । मड्रिड छाड्ने निर्णय गर्न गाह्राे भएपनि छाड्नु नै उचित लागेकेा पनि भनेका छन् ।
ग्रिजम्यान रियल सोसिडाडबाट सन् २०१४ मा एथ्लेटिको मड्रिडमा आएका थिए । यो पाँच वर्षको अवधिमा उनले अहिलेसम्म एथ्लेटिको मड्रिडका लागि २५६ खेल खेलेका छन् र १३३ गोल गरेका छन् । उनी पछिल्ला पाँच सिजनमा क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप पनि जिताएका छन् ।

पाँच वर्ष एथलेटिको मड्रिडमा बिताएपछि गत वर्ष जुन महिनामा उनले फेरि सम्झौता नवीकरण गरेका थिए । तर, उनले बीचमै क्लब छाड्ने घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चा भइरहेको छ ।

एथलेटिको मड्रिड छाडेर उनी बार्सिलोनामा जान सक्ने चर्चा सुरू भएकाे छ । गत वर्ष नै बार्सिलोनाले उनलाई भित्राउन खोजेको थियो । तर, त्यतिबेला उनले अस्वीकार गरेका थिए । उनलाई भित्राउन चाहने क्लबले एथलेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नुपर्ने बीबीसीले लेखेको छ ।

यो समर सिजनमा एथलेटिको मड्रिड छाड्न लागेका ग्रिजम्यान तेस्रो हाईप्रोफाइल खेलाडी हुन् । यसअघि डिफेन्डर लुकास हर्नान्डेजले वायर्न म्युनिख जान सहमति जनाएका थिए । साथै लामो समयको सेवापछि कप्तान डिएगो गोडिनले पनि एथलेटिको मड्रिड छाड्ने घोषणा गरेका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ