वडा नम्बर १२ ले जित्याे मेयर कपको उपाधि

वडा नम्बर १२ ले जित्याे मेयर कपको उपाधि

  • सोमवार, बैशाख ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

धनगढी, वैशाख ३० ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ । सोमबार वडा नम्बर १८ स्थित पृथ्वी युवा क्लबको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १४ लाई सडन डेथमा पराजित गर्दैै वडा नम्बर १२ ले उपाधि चुमेको हो ।

पेनाल्टी सुटआउटमा सडन डेथ सम्म पुगेको खेलमा वडा नम्बर १२ नौ–आठले बिजयी भएको हो । यस अघि निर्धारीत समयमा दुबै वडाले १÷१ को बराबरी खेलेका थिए । पहिलो हाफको ३५ मिनेटमा वडा नम्बर १४ का लागि हेम गोलले गोल गर्दै अग्रता दिलाएका थिए भने दोश्रो हाफको ४० मिनेटमा वडा नम्बर १२ का भिम थापाले गोल गर्दै खेल बराबरी बनाएका थिए । विजेता बनेको वडा नम्बर १२ ले ट्रफी मेडल प्रमाण पत्र सहित नगद एक लाख हात पारेको छ । उपविजेता बनेको वडा नम्बर १४ ले ट्रफी मेडल प्रमाण पत्र सहित नगद एकाउन्न हजार पाएको छ ।

वडा नम्बर १२ को मनकामना युवा क्लबको मैदानमा क्वाटरफाईनलसम्मका खेल भएका थिए भने वडा नम्बर १८ को पृथ्वी युवा क्लको खेल मैदानमा सेमिफाईनल र फाईनल खेल भएको थियो । उपहानगरपालिका १९ वटै वडाहरुको टीमले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ नगद सहित सम्मान गरीएको छ । प्रतियोगितामा उत्कृष्ट परवार्ड वडा नम्बर १४ का बादल पाख्रिन, उत्कृष्ट गोल रक्षक वडा नम्बर १४ कै पारस खत्रि, उत्कृष्ट रक्षक वडा नम्बर १२ का सन्दिप गुरुङ र उदियमान खेलडी वडा नम्बर १२ का बिबेक सञ्जेल घोषित भए । उनिहरुले जनहि ५ हजार ५ सय पुरस्कार प्राप्त गरे ।

सोमबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गर्नुभयो । सो अवसरमा वोल्दै उहाले आगामी वर्षदेखि महिला मेयर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियो । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने कैलाली जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगितामा १९ वटै वडाका टीमहरुले भाग लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ