तराईको कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्वमा कमि

तराईको कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्वमा कमि

  • सोमवार, बैशाख ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जनकपुर, वैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको कृषि क्षेत्रमा दिन प्रतिदिन उत्पादन र उत्पादकत्वमा कमि आइरहेको बताएकी छिन् ।माता सीताको जन्मदिनको अवसर पारेर मिथिलाञ्चलमा सोमबार आयोजित जानकी महोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले राजा जनकको भूमिमा कृषि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखको कुरा भएको बताइन  ।

चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरणमैत्री सन्तुलित दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी भूमिको प्रचुर उपयोग गर्न राष्ट्रपति भण्डारीकाे आग्रह छ ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  सीताको जन्म दिन संघीय सरकारलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन पटक पटक आग्रह गर्दा पनि चासो नलिएपछि आफुहरुले प्रादेशिक पर्वकै रुपमा मनाएको बताए । रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो जोत्दा सीताको जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ ।

सोमबार बिहान हेलिकप्टरबाट जनकपुर पुगेकी राष्ट्रपति भण्डारी एयरपोर्टबाट सिधैँ जानकी मन्दिरमा गएर पूजा तथा दर्शन गरेकी थिइन् । उनी जानकी मन्दिरमा आयोजना गरिएको विशेष महोत्सव कार्यक्रममा समेत सहभागी भइन् ।

सीताको जन्मदेखि न्वारनसम्म गरिएका सांस्कृतिक परम्परालाई स्मरण गर्दै मनाइने जानकी महोत्सव पछिल्लो दुई वर्षदेखि भव्यतापूर्वक मनाउन थालिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवको भनाइ छ । महामहोत्सवको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी