अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई एक दिन म्याद थप, कानून उल्लंघन गरेकाे भन्दै पूर्जी बुझ्न अस्वीकार

अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई एक दिन म्याद थप, कानून उल्लंघन गरेकाे भन्दै पूर्जी बुझ्न अस्वीकार

झुठा अभियोगमा फसाउन खोजिएकाे भन्दै पूर्जीकाे प्रतिवाद

  • आइतवार, बैशाख २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं, २९ बैशाख ।

गएको शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गर्दागर्दैको अवस्थामा गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई काठमाडौं जिल्ला अदालतले एक दिन म्याद थप गरेको छ ।

१५ दिन म्याद थपको माग गरिएपनि अदालतले आइतबार अनुसन्धानका लागि एक दिन मात्र म्याद थपको अनुमति दिएको छ । कानून व्यवसायी (अधिवक्ता) समेत रहेका अध्यक्ष ढकाल नेपाल बार एसोसिएसनका सदस्य समेत हुन् । पत्रकार सम्मेलनस्थलबाट बल प्रयोग गरी गिरफ्ता गरिएका ढकाललाई आज मात्र पक्राऊ पूर्जी दिएको थियो । तर उनले कानून उल्लंघन गरेर आफूलाई पूर्जी दिन खाजेको भन्दै बुझ्न अस्वीकार गरेका हुन् । पूर्जी राज्य व्यवस्था पल्टाउने कसुर राजद्रोहको अभियोगमा दिन खोजिएपछि ढकालले झुठा आरोपको प्रतिवाद गरेको निकट स्रोतले जनायो ।

गिरफ्तार गरेको बखत् ढकाललाइ जरुरी पूर्जी समेत प्रहरीले दिएका थिएनन् । गिरफ्तार गर्नुपूर्व नेपाल विद्यार्थी संघका पूर्वसभापति ऋषिकेशजंग शाह लगायतले पक्राउ पूर्जी देखाउन भन्दै डीएसपी नेतृत्वको टोलीको प्रतिवाद गरेका थिए । प्रशासन र सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
कानून अनुसार अदालतबात पक्राऊ पूर्जी जारी गर्ने समय अभावको भएको बखत प्रहरी अधिकारीले जरुरी पूर्जी दिएर मात्र पक्राऊ गर्न सकिन्छ । तर अध्यक्ष ढकाललाई त्यसदिन महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत सिंहदरबार वृत्तका प्रहरी नायब निरीक्षक (डीएसपी) काजीकुमार आचार्यको नेतृत्वमा आएको दर्जन प्रहरीको टोलीले बिना पूर्जी गिरफ्तार गरेको थियो ।

स्रोतका अनुसार गिरफ्तार गरेको ४८ घण्टा बित्दासम्मन पूर्जी जारी गर्न नसक्दा सरकारले कानून उल्लंघन गरेको जिकिर कानून व्यसायीहरुले गरेका छन् । यस्तो अवस्थामा ढकाललाई बिना पूर्जी थुनामा राख्नु गैरकानूनी कार्य हुने र तत्काल रिहा गर्नुको विकल्प राज्यसँग नहुने तर्क वकिलहरुले गरेका छन् ।

साथै विप्लव नेतृत्वको ने.क.पा.माथि मात्र सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको अवस्थामा उसका भातृ संगठनहरुमाथि उक्त निर्णय एकै किसिमबाट लागू नहुने तर्क कानून व्यवसायीहरु गर्छन् । अखिल (क्रान्तिकारी) प्रतिबन्धित संगठन नभएको र संगठनका नेता कार्यकर्तामाथि प्रतिबन्धित अर्थ लगाएर व्यवहार गरिनु कानून विपरीत हुने उनीहरुको जिकिर छ । ढकाललाइ महानगरिय प्रहरी परिसर, टेकुमा राखिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ