मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने

मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने

  • आइतवार, बैशाख २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

धनगढी, वैशाख २९।
धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भईरहेको मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १४ भिड्ने भएका छन् । वडा नम्बर १२ मा क्वाटरफाईनलसम्मका खेलपछि वडा नम्बर १८ मा भएको सेमिफाईनल खेलमा जित हात पार्दै दुवै वडठा उपाधिका लागि भिड्न लागेका हुन् ।

पृथ्वी युवा क्लबको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई २–१ ले हरायो । वडा नम्बर १४ का लागि हेम गोले र सुदिप चौधरीले गोल गरे । वडा नम्बर ७ का लागि रामसिंह रानाले एक गोल गरे ।
दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ विजयी भएको छ । वडा नम्बर १९ लाई ३–० ले हराउदै वडा नम्बर १२ फाईनल पुगेको हो । वडा नम्बर १२ लाई जिताउनका लागि सन्दिप गुरुङले दुई गोल गरे भने खेम चयडाले एक गोल गरे ।

गत वैशाख २० गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिदैछ । सोमबार फाईनल भएर मेयर कप फुटबल प्रतियोगिता समापन हन लागेको हो । दिउसो साढे २ बजेदेखि मेयरको फाईनल सुरु हुनेछ ।

धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गर्नु हुनेछ । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ । प्रतियोगितामा १९ वटै वडाका टीमहरुले भाग लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ