रामेछाप जिल्ला जनपरिषद् प्रमुख विवेक गिरफ्तारपछि बेपत्ता, खोजी पहल गर्न परिवारको आग्रह

रामेछाप जिल्ला जनपरिषद् प्रमुख विवेक गिरफ्तारपछि बेपत्ता, खोजी पहल गर्न परिवारको आग्रह

  • आइतवार, बैशाख २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २९ बैशाख ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का निकट रामेछाप जिल्ला जनपरिषद् प्रमुख विवेक लामा भनिने वीरबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको छ ।

परिवार स्रोतका अनुसार रामेछापको खाँडादेवी घर भएका विवेक भक्तपुरको सूर्यविनायकमा कोठा लिई बस्दै आएका थिए । यही बैशाख २७ गते दिउँसोदेखि सम्पर्कविहीन रहेको विवेकलाई हिजो शनिबार दिउँसो कोठा तलासीका लागि उनलाई आफूलाई प्रहरी बताउने सादा पोशाक प्रहरीले भ्यानमा राखेर पुर्याएको परिवारले जनाएको छ ।

त्यसपछि कहाँ लगियो ? भन्ने अहिलेसम्म जानकारी नभएको भन्दै खोजी पहल गरिदिन परिवारले मानवअधिकार आयोग, नागरिक समाज तथा संचारकर्मीसँग आग्रह गरिएको छ । अहिले कहाँ र कुन अवस्थामा राखिएको छ भन्नेबारे सुरक्षा प्रशासनबाट केही जानकारी नपाएको परिवारले जनाएका छन् ।

सरकारले ने.क.पा.माथि दमन र धरपकडलाइ तीव्रता दिएकाे छ । जसकाे चाैतर्फी विराेध जारी छ । उक्त पार्टीमाथिकाे प्रतिबन्ध खारेज गर्न माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ