धनगढी ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिताको सेमफाईनल समिकरण पुरा भएको छ । शुक्रबार दुई वटा क्वाटरफाईनलका खेल सम्पन्न भएसगै सेमिफाईनलमा पुग्ने चार टीमको टुङगो लागेको हो । शुक्रबार भएको खेलमा वडा नम्बर र वडा नम्बर विजयी हुदै सेमिफाईनल पुगेका छन् । विहीवार भएका दुई क्वाटरफाईनल खेलमा जित हात पार्दै वडा नम्बर ७ र वडा नम्बर १२ यसअघि नै सेमिफाईनल पुगिसकेका छन् ।
मनकामना युवा क्लबको मैदानमा शुक्रबार भएको पहिलो खेलमा वडा नम्बर १४ सेमिफाईनल पुगेको छ । वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले हराउदै वडा नम्बर १४ अन्तिम चारमा पुगेको हो । वडा नम्बर १४ लाई जिताउन बादल पाख्रीनले दुई तथा सुदिप चौधरी र अरुण धमलाले एक एक गोल गरे । वडा नम्बर ८ का लागि अभय चन्दले दुई गोल गरे ।

शुक्रबार भएको दोस्रो तथा अन्तिम क्वाटरफाईनल खेलमा वडा नम्बर वडा नम्बर १९ विजयी हुदै सेमिफाईनल पुगेको छ । वडा नम्बर १९ ले वडा नम्बर १३ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । वडा नम्बर १९ को जितमा राजकुमार वोहोरा र उपेन्द्र रोकायाले एक एक गोल गरे । वडा नम्बर १३ का लागि अमर सिंह रानाले एक गोल फर्काए ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत शनिवार कुनै पनि खेल हुने छैनन् । वडा नम्बर १२ मा क्वाटरफाईनलका खेल सम्पन्न भएपछि आईतबार वडा नम्बर १८ फुलबारीमा सेमिफाईनलका दुवै खेल हुनेछन् । पहिलो सेमिफाईनलमा वडा नम्बर ७ र वडा नम्बर १४ प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ र वडा नम्बर १९ प्रतिस्पर्धा गर्नेछन् । सोमबार फाईनल भएर मेयर कप फुटबल प्रतियोगिता समापन हुनेछ ।

प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ ।