यी हुन् पाँचतारे हाेटलबाट पक्राउ १२ भारतीय नागरिक

यी हुन् पाँचतारे हाेटलबाट पक्राउ १२ भारतीय नागरिक

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, २८ वैशाख । दरबारमार्गस्थित याक एण्ड यति होटलमा बसेर साइन ग्रुपको नामबाट नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्न तालिम दिइरहेकाे अवस्थामा  प्रहरीले १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र राष्ट्र बैंकको टोली होटलमै पुगेर उनीहरूलाइ नियन्त्रणमा लिएकाे हाे । साइन ग्रुपका प्रमुख प्रबन्ध निर्देशक रसिद नसिम,भारत लखनउका अजितकुमार सिंह, इलाहवादका मोहम्मद सारजिल, छत्तिसगढका निरजकुमार मिश्र, उत्तर प्रदेशका अशोक कुमार, रमेश रामा, सुनिल उपाध्याय, आयुष उपाध्याय, काशिफ सकिल, गजेन्द्र सिंह लगायत १२ जनालाई पक्राउ गरिएकाे  परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जनाएका छन् । उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।

साइन ग्रुपको मुख्य कार्यालय दुवईमा रहेको र शाखा कार्यालय लखनउमा रहेको भन्दै नेपाली र भारतीय नागरिकलाई नै यो टोलीले विगत तीनदिनदेखि याक यण्ड यति होटलमा नेटवर्किङ व्यवसायबारे तालिम दिँदै आएको थियो।एक पटक एक हजार दुई सय ५० रुपैयाँ तिर्नुपर्ने र कम्पनीले त्यतिनै रकम हालिदिएर अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बनाउने प्रलोभन दिएकोमा  अहिलेसम्म नेपाली र भारतीय गरी १३ जना सदस्य बनाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे  छ । पक्राउमध्ये रसिद होटल हायातमा दैनिक दुई लाख रुपैयाँ तिरेर बस्दै आएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ