नेपालगन्जमा शनिबार वर्षकै सर्वाधिक गर्मी, ‘लु’ चलेपछि जनजीवन प्रभावित

नेपालगन्जमा शनिबार वर्षकै सर्वाधिक गर्मी, ‘लु’ चलेपछि जनजीवन प्रभावित

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

नेपालगन्ज, २८ वैशाख ।
नेपालगन्जमा शनिबार वर्षकै सर्वाधिक गर्मी ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको नेपालगञ्जमा निरन्तर तातो हावा ‘लु’ चलिरहेको जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयले जनाएको छ ।
शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वा्धिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो। न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ।
लु चल्न थालेपछि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ। दिउँसो आवत जावत समेत कम हुन थालेको छ ।
नेपालगन्जमा सात दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको जनाउदै हावापानी फिल्ड कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाले न्यूनतम् तापक्रम पनि बढेकाले रातिको समयमा पनि गर्मी हुने र शनिवार नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको बताए ।फाेटाेः गुगल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ