काठमाडौं, २८ वैशाख ।
प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले गाँजाबाट नेपालले राम्रो आम्दानी गर्न सक्ने बताएका छन् । सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले गाँजा पनि कृषि उत्पादन मध्येकै एक भएको बताए ।
गाँजाबाट पनि आम्दानी गर्न सकिने भन्दै स्थापितले भने, ‘बिदेशिलाई गाँजा बेच्नै पर्दैन,सुँघाएरै पैसा लिन मिल्छ,पैसा त कति आउँछ कति’ ।
तर नेपालमा २०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, खरीद–बिक्री, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’ प्रतिबन्ध लगाइएको छ ।
अमेरिका जस्तो विकशित मुलुकमा समेत गाँजा खुला गरिएको भन्दै सांसद स्थापितले नेपालमा भने प्रहरीले फाँड्ने गरेकोमा रोष पनि प्रकट गरे। उनले भने, हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन,गरिखाउ भनेर शिवजीले दिए।
नेपालमा लागूऔषध(नियन्त्रण) ऐन जारी हुनुअघि भने नेपालमा गाँको बिक्रि वितरण र उत्पादन हुने गरेको थियो । सो बेला नेपालमा परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वे्दिक औषधि पनि प्रयोग हुन्थ्यो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ । बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो बेला गाँजाकै प्रयोग गरिन्थ्यो । तर, गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो ।
पछिल्लो समय नेपालमा गाँजामा प्रतिबन्ध हटाउनुपर्ने आवाजहरु पनि उठ्न थालेका छन् । तर सरोकारवालाहरु गाँजाको प्रतिबन्ध खुल्ला गरे नेपाल अन्तर्रा्ष्ट्रिय ड्रग्स माफियाहरूको चंगुलमा पर्न सक्ने खतरा औल्याउछन् ।
नेपालमा गाँजाको उत्पादन, बिक्रिवितरण र सेवन गरे कस्तो सजाय हुन्छ । हेर्नुहोस् ।
