पत्रकार सुरज श्रेष्ठको निधन

पत्रकार सुरज श्रेष्ठको निधन

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, २८ वैशाख । पत्रकार तथा ईमेज एफएमका पूर्वस्टेसन म्यानेजर सुरज श्रेष्ठको निधन भएको छ ।

४५ वर्षीय श्रेष्ठ साढे ४ वर्षदेखि मोटर न्यरोड डिजिट नामक रोगबाट ग्रसित थिए । उनकाे गएराति २ः१५ बजेतिर उपचारका क्रममा निधन भएको हो ।उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो ।

वि.स. २०३१ साल फागुन २६ गते  धरानमा जन्मिएका उनी सुरुमा धरान स्थित बीपी कोइराला मेमोरियल अस्पतालको हाताभित्र रहेको रेडक्रसद्वारा संचालित ब्लड बैंकमा इन्चार्जका रुपमा काम गरेका थिए ।

धरानबाट प्रकाशित पूर्वाञ्चलको चर्चित राष्ट्रिय दैनिक ब्लाष्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा काम गरिसकेका उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ