२७ वैशाख, काठमाडौं।
कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना ‘रसुवाली कवि’ २६ दिनपछि रिहा भएका छन् । बैशाख २ गते काठमाडौंको बालाजुबाट पक्राउ परेका कवी अदालतको आदेशपछी शुक्रबार रिहा भएका हुन्।
चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकको एक टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै पक्राउ गरेका थियो ।
उनको गिरफ्तारीलाई लिएर कवि, साहित्यकार, लेखकहरुले सरकारी कदमको बिरोध जनाएका थिए । रिह भएलगत्तै कविले सामाजिक सञ्जाल फेसबुकमार्फत न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट रिहा भएकाे जानकारी दिदैँ अभिव्यक्ति स्वतन्त्रताको अभियानमा साथ दिने सवै प्रती आभार ब्यक्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline