पत्रकार सम्मेलनमा हस्तक्षेप गर्दै ने.क.पा.निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल गिरफ्तार

पत्रकार सम्मेलनमा हस्तक्षेप गर्दै ने.क.पा.निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल गिरफ्तार

गिरफ्तारीको ११ विद्यार्थी संगठनका प्रतिनिधिले सम्मेलनस्थलमै गरे प्रतिकार

  • शुक्रबार, बैशाख २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौं, २७ बैशाख ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई प्रहरीले पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार गरेको छ । अनामनगरस्थित युनियन हाउसमा शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर गिरफ्तार गरेको हो ।
पत्रकार सम्मेलनमा धारणा राखिसकेको अवस्थामा अन्य वक्ताहरुले धारणा राख्दै गर्दा प्रहरी टोलीले हाउसभित्रैबाट गिरफ्तार गरेका थिए ।

ढकाल नेतृत्वको अखिल (क्रान्तिकारी) विप्लव नेतृत्वको ने.क.पा निकट विद्यार्थी संगठन हो । आजको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजांग शेर्पा पत्रकार सम्मेलनका वक्ता थिए ।
ढकालको गिरफ्तारी फासीवादी भएको भन्दै सरकार प्रहरीको हर्कतविरुद्ध पत्रकार सम्मेलनमै वक्ता र विद्यार्थी नेताहरुले सरकार विराेधी चर्का नारा लगाउँदै प्रतिकार गरेका थिए । ढकाल गिरफ्तारको लागि सादा पोशाकका तीन दर्जन प्रहरी हाउसबाहिर र भित्र तैनाथ थिए । ढकाललाई गिरफ्तारपछि प्रहरीले बा २ झ १२८ नम्बरकाे पिकअप भ्यानमा राखेर लगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ