ने.क.पा.माथिको प्रतिबन्ध खारेजीको माग गर्दै पाँच पार्टीले बृहत विरोधसभा गर्दै

ने.क.पा.माथिको प्रतिबन्ध खारेजीको माग गर्दै पाँच पार्टीले बृहत विरोधसभा गर्दै

दमन भए प्रतिरोध हुन्छः सहसंयोजक सुवेदी

  • शुक्रबार, बैशाख २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौं, २७ बैशाख ।

केपी नेतृत्वको सरकारको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि हठात रुपमा लगाइएको प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै आज पाँच राजनीति दलले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् ।
सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.), किरण नेतृत्वको ने.क.पा. (क्रान्तिकारी माओवादी), गोपाल किराँती नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र), ऋषि कट्टेल नेतृत्वको नेकपा र गौरव नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमाे)ले आज दिउँसाे १ बजे राजधानीको शान्तिबाटिका बृहत विरोधसभा गर्दैछन् ।

उनीहरुले यही बैशाख १० गते एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले दलमाथि प्रबिन्ध लगाएर फासीवादी निर्णयको विरोधमा ६ बुँदे विरोध कार्यक्रम सार्वजनिक गरेका थिए । मिल्नेसम्मनका एजेन्डा र कार्यक्रममा सरकारको निर्णयविरुद्ध संयुक्त रुपमा विरोधका कार्यक्रमहरु गर्ने सहमतिअनुरुप पूर्वघोषित कार्यक्रम अनुसार आजको विरोधसभा गर्न लागिएको कट्टेल नेतृत्वको नेकपाका सहसंयोजक लोकनारायण सुवेदीले बताए । आजको शान्तिपूर्ण विरोध सभामा दमन भए प्रतिरोध हुन्छ सहसंयोजक सुवेदीले मिर्मिरे अनलाइनसँग भने । विप्लव नेतृत्वको ने.क.पा.माथिको प्रतिबन्ध, अजंगका भ्रष्टाचार, राष्टघाती नागरिकता विधेयक र सीमा मिचिएको विषय विरोधको प्रमुख एजेण्डा भएकाृ उनले बताए । पाँच शक्तिबीच खासखास विषयमा कार्यगत एकता गर्दै जाने समेत उनको भनाई छ ।

सहमतिको ३ नम्बर बुँदमा ‘राजनीतिक पूर्वाग्रहका आधारमा ने.क.पा.माथि लगाइएको प्रतिबन्धलाई तुरुन्त खारेज गर्न माग गर्दछौं’ भनिएको छ । त्यस्तै जन्मका आधारमा नागरिकता वितरण गर्ने कार्यमा रोक लगाउनुपर्ने, नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई गायब बनाई भारतले तयार पारेको देशको नक्कली नक्साको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने, वाइडबडी विमान काण्ड र बालुवाटार जग्गाको किर्तेधारीमाथि कारवाही गर्नुपर्ने, तस्करीको ३८ क्वन्टिल र ३३ किलो सुनका सार्वजानिक गरी संलग्नहरुमाथि कारवाही गर्नुपर्ने र कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न पत्ता लगाई तत्काल कारवाही गर्नुपर्ने माग पाँच शक्तिले गरेका छन् ।

माग पूरा नभइन्जेल विरोधका कार्यक्रमहरु जारी रहने उनीहरुले बताएका छन् । कार्यक्रममा देशभक्त, लोकतान्त्रिक र वामपन्थी तथा नागरिक समाज सबैलाई सहभागिताका लागि अपिल समेत गरिएको छ । सरकारले गत फागुन २८ गते ने.क.पा.माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसको विरोध चौतर्फी रुपमा बढ्दै गएको छ ।

त्यस्तै पाँच पार्टीले आफ्नाजनवर्गीय संगठनहरुबीच पनि कार्यगत एकता गर्दै लगेका छन् । सोही अनुरुप देशैभर सरकारको गलत निर्णयको विरोधमा कार्यक्रमहरु संचालन भइरहेको जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ