हेटौंडा, वैशाख २६ । एक किलो ६४९ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।
काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना८ख ३७९२ नम्बरको बस चेकजाँचकाक्रममा भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर ल्वागुनलाई मकवानपुरबाट पक्राउ परेका हुन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् रातमाटेमा अवैधरुपमा लिएर गइरहेको सुनसहित ल्वागुनलाई प्रहरीले पक्राउ गरेको हो ।
ल्वागुनले जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर लैजाँदै गरेको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ल्वागुनलाई सुनसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline