ताप्लेजुङ, २६ वैशाख । नेपाल पुलिसले दोस्रो पटक पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बिहिवार सम्पन्न तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता पुलिसले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माविको मैदानमा पुलिसले आर्मीमाथि २५-१७,२५-१३,२५-१९ को जीत निकाल्यो। पुलिसले उपाधिसँगै नगद १ लाख ५१ हजार जितेको छ। उपविजेता आर्मीले १ लाख ७६ हजारमा चित्त बुझाएको छ। वैशाख २२ गते सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline