आजदेखि प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु हुदै

आजदेखि प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु हुदै

  • बिहिबार, बैशाख २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

इलाम, २६ वैशाख  ।  इलामको सदरमुकामस्थित टुडिखेलमा आज बिहीवारदेखि प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु हुदैछ ।

पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगितामा ८ वटा टिमको सहमागिता छ ।  भलिवल खेलको विकास गर्ने उदेश्यले सन्चालन गर्न लागिएकाे प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र ताप्लेजुङ भलिवल संघ आमनेसामने हुने छन् । विहिवारको दोस्रो खेल नव चेतना भलिवल क्लव वरवोटे भर्सेज झापा गाउ“पालिका भलिवल संघबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भद्रपुर भलिवल क्लव, गण्डकी प्रदेश भलिवल, विमानटेड भलिवल क्लव विर्तामोड र त्रिवेणी भलिवल क्लव पा“चथरको सहभागिता छ । प्रतियोगिताको सवै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैया“ प्राप्त गर्ने छन् । त्यस्तै उप विजेताले ८० हजार रुपैया“ हात पार्ने छन् । जिल्ला भलिवल संघले आयोजना गरेको प्रतियोगिता वैशाख २९ सम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष डिबि गौतमले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ