वैशाख, वैशाख २६ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को गएराति भएको प्ले अफ् खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दिल्ली क्यापिटल्स क्वालिफायरमा छनोट भएको छ ।
दिल्लीले अब फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्नेछ । हैदरावादले दिएको १६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि सुरुवाती ब्याट्सम्यान पृथ्वी शाले ५६ रन जोड्दा ऋषभ पन्तले ४९ रन जोडे । हैदरावादका खलील अहमद र रसिद खानले समान २–२ विकेट लिए ।
विजेता टोली दिल्लीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दा पराजित टोली हैदरावाद प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा चेन्नइलाई पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline