लिभरपुलको सम्झनलायक पुनरागमन,बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश

लिभरपुलको सम्झनलायक पुनरागमन,बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश

  • बुधबार, बैशाख २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २५ बैशाख  ।बार्सिलोनालाई पराजित गर्द्दै इङ्लिस प्रिमियर क्लब लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोनालाई ४–० ले हराउँदै लिभरपुल फाइनलमा पुगेको हो ।

प्रतियोगिताको इतिहासमै सम्झनलायक पुनरागमन गरेको लिरभपुलले पहिलो लेगमा भोगेको ३–० को हार बिर्साउँदै समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई विजयी गराउन डिभोक ओरीगी र जर्जिनियो वहाल्दमले दुई–दुई गोल गरे ।

लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो । गतवर्ष लिभरपुललाई स्पेनको रियाल मड्रिडले फाइनलमा ३–१ ले हराएको थियो ।

लिभरपुलले यो वर्षको उपाधिका लागि टोटनह्याम हट्सपर र आयाक्स एम्सटरडमबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

पहिलो लेगमा १–० को हार वेहोरेको टोटनह्यामले आज राति आयाक्ससँग दोस्रो लेगको खेल खेल्दैछ ।

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आगामी जुन १ तारिखमा स्पेनको राजधानी मड्रिडमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ