आईपीएल क्रिकेटको प्ले अफ समीकरण पूरा

आईपीएल क्रिकेटको प्ले अफ समीकरण पूरा

  • सोमवार, बैशाख २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

एजेन्सी, बैशाख २३ । आईपीएल क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ । लिगमा शीर्ष दुई स्थान लिएका मुम्बई र चेन्नईले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने भएका छन् ।

विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले लिगमा तेस्रो स्थानको दिल्ली र चौथो स्थानको हैदरावादबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

उता, गएराती भएकाे खेलमा कोलकाता नाइट राइडर्सलाई लिग चरणबाटै बाहिर पठाउँदै मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

लिग चरणको सबै खेल सकिँदा शीर्ष चार टोली अर्को चरणमा प्रवेश गरेका हुन् । शीर्ष चार टोलीमध्ये तीनवटाको समान १८ अंक छ । तर, नेट रन रेटका आधारमा मुम्बई पहिलो, चेन्नई दोस्रो र दिल्ली तेस्रो स्थानमा छन् । १२ अंक ल्याएको सनराइजर्स हैदरावाद चौथो स्थानमा छ ।

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै टिमलाई ९ विकेटको जित दिलाएका हुन् । १३४ रनको लक्ष्य मुम्बईले १६ ओभर १ बलमा एक विकेट गुमाएर पूरा गरेको हो ।

निर्णायक खेलमा पराजित भएपछि कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताको हारले सनराईजर्स हैदरावादलाई प्ले अफमा पुर्‍याएको हो । दुबै टोलीको समान १२ अंक भए पनि रनरेटका आधारमा हैदरावाद प्लेअफमा छानिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ