डोटी, वैशाख २२ । डाेटीमा बाख्राको मासु खाँदा सो गाउँका १५ जना बिरामी परेका छन् । सायल जिल्लाको आदर्श गाउँपालिका–१, भेलगडाका स्थानीयवासीले गाउँमा शनिबार बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालिकादेखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।
बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी तीनजनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताए ।
इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा आदर्श गाउँपालिका–१, भेलगडाकी ९ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन् ।
त्यसैगरी, अन्य बिरामी हुनेमा आदर्श गाउँपालिका–१, भेलगडाकी दुई वर्षीया एलिसा खड्का, सोही वडाका ८ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का रहेका छन् ।
अन्य तीन ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ ।