पत्रकार तथा कवि नेत्रको ‘घनश्यामलाई चिठी’मा के छ ?

पत्रकार तथा कवि नेत्रको ‘घनश्यामलाई चिठी’मा के छ ?

  • शनिबार, बैशाख २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

पत्रकार तथा कवि अशोक कुँवर ‘नेत्र’को ‘घनश्यामलाई चिठी’ केही दिन अघि मात्रै सार्वजनिक भएको छ। उनको यो दोस्रो कविता संग्रह हो । उनले दश बर्ष पहिले ‘आस्थाका बन्दीहरू’ कविता संग्रह पाठकमाझ ल्याए थिए ।

३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, समालोचनाहरु प्रकाशित गरिसकेका कुँवरको यो दोस्रो कविता संग्रह हो ।आश्थाका बन्दीहरु कबिता संग्रहपछि उनले पाठक माझ ल्याउको दोस्रो कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ले समसामयीक राजितिक परिबेशलाई तिखो ब्यंग गरेको छ ।

गद्य शैलीमा लेखिएका कविताहरुको महत्वपूर्ण संग्रह ‘घनश्यामलाई चिठी’मा ५० वटा दमदार कविताहरुलाई लिपिबद्ध गरिएको छ । संग्रहित कविताहरूले समसामयिक प्रदूषित राजनीतिक प्रणाली, राजनीतिक दलका नेताहरू, भ्रष्ट प्रशासक, विकृति, विसङ्गति, दुराचार प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ ।

कवितामार्फत समाज परिवर्तन र रूपान्तरणको स्वर उराल्ने कवि कुँवरका ३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, समालोचना प्रकाशन हुँदै आइरहेका छन ।

बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन गरीएको थियो । पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने समालोचक डा. रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सांसद रामेश्वर फुयाल, साहित्यकारहरू मधुसूदन पाण्डेय, बिमल कोइराला, विश्वप्रेम अधिकारी, यदुनाथ बसन्तपुरे, राधा दुलाल कार्कीलाई सम्मान गरीएको थियो । कवितामा वर्तमान राजनीतिक विकृति र विसंगतिमाथि तिखो प्रहार गरिएको हो । कवितालाई दमदार शैलीमा रचनात्मक शैलीमा लिपिबद्ध गरिएको छ।

कविता संग्रहको पेज नं. १७ मा रहेको पहिलो कवितामा कविले लेखेका छन्,

थाहा भएकै कुरा हो
अफिमले कहिल्यै लाभ गर्दैन
तर पनि
धान जमरा नलाग्दै
किन काटिन्छन् मकैका बोट
खाली पारिन्छ खेत

छरिन्छन् अफिमका बिउ

हेर्दा सामान्य लागेका शब्दहरु पनि मिलाएर प्रस्तुत गरिएका छन्। सामान्य लागेका उस्तै शब्दहरुलाई मिलाएर प्रस्तुत गर्दा त्यसबाट आउने भाव अत्यन्तै महत्वपूर्ण हुन्छ । कविले यो कविता संग्रहमा त्यही भावलाई भरेका छन् ।

त्यस्तै कविता संग्रहको पेज नं. ४३ मा रहेको जुम्राहरु शीर्षकको कवितामा कविले लेखेका छन्,

जुम्राहरु टाउकोमै प्रहार गर्छन्
गुणात्मक शैलमा
ऋणात्मक बनाउँदै लैजान्छन्
कपलवालाका रगत

यो कविताले वर्तमान नेपाली राजनीतिमाथि तिखो व्याङ्य प्रहार गरेको भान हुन्छ । राजनीतिमा हावी भएका जुम्रा जस्तै चुसकहरुमाथि प्रहार गरिएको छ ।

यसअघि बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन गरीएको थियो । पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने समालोचक डा. रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सांसद रामेश्वर फुयाल, साहित्यकारहरू मधुसूदन पाण्डेय, बिमल कोइराला, विश्वप्रेम अधिकारी, यदुनाथ बसन्तपुरे, राधा दुलाल कार्कीलाई सम्मान गरीएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी