आज मातातीर्थ औंसी, यसरी मनाइन्छ आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी, यसरी मनाइन्छ आमाको मुख हेर्ने दिन

  • शनिबार, बैशाख २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं, वैशाख २१ । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन  । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनकारुपमा लिइन्छ ।आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन् ।

यसदिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट, मातातीर्थमा मेला लाग्ने गर्दछ ।

शनिबार बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुइँचो छ । आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् । आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनि वर्णित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ