आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगमा विजयी

आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगमा विजयी

  • शुक्रबार, बैशाख २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, वैशाख २० । आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगमा विजयी भएकाे छ । अकाे खेलमा चेल्सी बराबरीमा रोकिएको छ ।

बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनको भ्यालेन्सियालाई ३–१ ले हरायो ।

आर्सनलका लागि अलेक्जेन्डर लाकाजेट्ले दुई गोल गर्दा पिएरे एमरिक औबामायङ्गले एक गोल थपे ।

पहिलो लेगमा हासिल गरेको जितसँगै आर्सनलले फाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।

बिहीबार राति नै भएको अर्को खेलमा चेल्सीले जर्मनीको आइन्त्राच फ्र्याङ्कफटलाई १–१ गोलको बराबरीमा रोकेको छ । दोस्रो लेगको खेल अर्को हप्ता चेल्सीको मैदानमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ