प्रेस स्वतन्त्रता दिवस’ र ‘कलम’

प्रेस स्वतन्त्रता दिवस’ र ‘कलम’

  • शुक्रबार, बैशाख २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

शान्ती र सु-शासनको वकालत गर्दै
भ्रस्टाचार र देशद्रोहिको खिलापमा
केही कलमहरुले
बिद्रोहका आवाजहरु
ओकेल्दै थिए
भुइँ मान्छेको पीर/व्यथा
उत्पीडन र मुक्तिका खाँतिर
नयाँ इतिहास कोर्न
अघि सरेका कलमहरु
एका-एक
अक्षर आतंक सृजना गरेको आरोपमा
आतंककारी घोषणा गर्दै
एक विहानै
अपहरणको शैलिमा
गिरफ्तारमा परेछन
राता कलमहरु ।

चेलिबेटी बेचविखन बिरुद्धमा
बोक्सीको आरोप विरुद्धमा
घरेलु हिंसाको विरुद्धमा
आगो ओकल्ने
एक थान कलमहरु
हिजो राती नै
देश लुट्ने लुटेराहरुको निम्तो मान्दै
पाँचतारे होटलको भव्य भोजमा
दुई चार पेग
ब्रान्डेड रक्सिको मुल्यमा
लिलामीमा परेछन
बेसारे कलमहरु ।

छिमेकीको दादागिरी सहन नसकि
सिमा अतिक्रमणको विरुद्धमा
लाभा उगेल्ने
ती कलमहरु आज
सिंहदरबार र वालुवाटार वरिपरि
देशको ताला चापी बोक्नेहरुलाई
इसारामा नचाउन मस्त छन
प्रत्येक दिन हिसाब किताबको
फेहरिस्त बुझाउन मै
व्यस्त देखिन्छन्
मौसम अनुसार परिवर्तन हुने
खैरा कलमहरु।

नियोचित ढंगमा
कालोलाई सेतो बनाउने
सेतोलाई कालो बनाउने
समाचारलाई असमाचार बनाउने
केही थान कलमहरु
आफ्नो साम्राज्य विस्तार गर्न
कहिले शुली चढाउने कुरा गर्छन
कहिले फूली बढाइदिने कुरा गर्दै
बेफिक्री मोलमोलाइ गर्छन
क्षण भरमा कालोलाई सेतो बनाउछन
सेतोलाई कालो बनाउने हिम्मत राख्छन् ।
रङ्गहिन कलमहरु ।

यता आज
प्रेस स्वतन्त्रता दिवसको
खुल्ला निम्तो मान्न हिडेको ‘म’
बेथितिको विरुद्धमा बोलिएका
आवाजहरु सुन्न/हेर्न
एक जोडी आँखा र कान लिएर
कार्यक्रम स्थल तिर हान्निएँ
अलिक ढिलो पुगेछु
ताली बज्दै थियो…
सुटुक्क भित्र छिरेँ
आँखा नचाएँ केहि कलमहरुको खोजीमा
कलमहरुको भिडमा
मेरा आँखाले खोजेका
कलमहरु देखिएनन ।
र थकित हुँदै
बिस्तारै एउटा कुर्सी तानी
आफुलाई बसालेँ ।

बोल्दै थिए मन्चमा कोहि
आफ्नो सम्वृद्धी चाहने म(वक्ता)
समृद्धि मात्र लेख्न खोज्छ मेरो कलम
खोइ किन हो कुन्नि?
अन्न्यायको विरुद्धमा पनि
चल्नु पर्छ भन्छन
चलाउनु पर्छ भन्छन भन्नेहरु
तर समय अनुसार चल्ने म
म सगै यस्ले पनि रङ्ग बदलेछ ।
किन कि ! कलम मेरो दास हो
म उसको मालिक हुँ
कलम माथी मेरो आदेश चल्छ ।
म जे सोच्दै छु ऊ त्यही लेख्न आतुर देखिन्छ
म जे भन्छु ऊ त्यही लेख्छ ।

उस्ले अझै थप्यो
म दिउसै रात पारिदिन सक्छु
बिना बादल नै पानी झारि दिन सक्छु ।
एक्काइसौं शताब्दीको कलम वीर म
कलमलाई दास बनाउन सक्ने म
मेरो आफ्नै परिचय छ ।
त्यसैले म भन्छु
प्रेस स्वतन्त्र हुनु पर्छ
कलम स्वतन्त्र हुनु पर्छ
कलम रङ्गहिन बन्नु पर्छ ।
प्रेस स्वतन्त्रता दिवसको
पुनः शुभकामना टक्र्याउदै
मन्तब्य टुङ्ग्याउछ
परर ताली बज्छन ।

म अवाक मुकदर्शक
मेरो कलम
संकटमा परेको महसुस हुन्छ
चपक्क कसेर समाउँछु कलमलाई
आँफूसँग सुरक्षित राख्दै
जसरी छिरेँ
त्यसरी नै बाहिरिएँ
प्रेस स्वतन्त्रता दिबसको
खुल्ला निम्तो मानेर ।

-खेम आचार्य/काठमाडौ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी